संसद भंग गरेपछिको अवस्था बारे छलफल गर्न काँग्रसले बोलायो सर्वदलिय बैठक

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १० : ३५
संसद भंग गरेपछिको अवस्था बारे छलफल गर्न काँग्रसले बोलायो सर्वदलिय बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।

दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको एक काँग्रेस नेताले जानकारी दिएक छन् । बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ । कांग्रेसका नेताहरुले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । यो असंवैधानिक कदम विरोधमा संयुक्त मोर्चा बनाएर प्रतिवाद गर्ने एक नेताले बताए । 

प्रतिक्रिया दिनुहोस