गृहमन्त्री बादलले अव के गर्लान् ?

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १० : ३२
गृहमन्त्री बादलले अव के गर्लान् ?

file photo

काठमाडौं । गृहमन्त्री रामवहादुर थापा (बादल) निकटका नेताहरुको अहिले मन्त्री क्वार्टरमा सामुहिक छलफल भईरहेको छ । त्यहाको छलफलमा वादललाई तत्काल राजीनामा दिएर मैदानमा आउन दवाव परेको छ

नेकपाभित्रको विवादमा गृहमन्त्री रामवहादुर थापा (बादल) अव कता ? जिज्ञासा मानिसहरुमा छ । तत्कालिन माओवादी केन्द्रका तर्फवाट सरकारको नेतृत्व गदै केपी ओली नेतृत्वको सरकारमा उनी ३ वर्ष यता गृहमन्त्री छन् ।

ओलीले असम्वैधानिक रुपमा संसद विघटनको प्रस्ताव ल्याएपछि उनको कदमप्रति असहमति जनाउँदै तत्कालिन माओवादी केन्द्रवाट मन्त्री वनेका उनी र लेखराज भटट वाहेक अन्य ५ नेताले मन्त्री वाट राजीनामा दिईसकेका छन् । माधव नेपाल समुहका पनि दुई जनाले मन्त्री पदवाट राजीनामा दिईसकेका छन् ।

सरकारमा रहेर ओलीलाई साथ दिदै आएका र दुई अध्यक्ष मिल्नुपर्ने भन्दै आएका गृहमन्त्री वादल अव पार्टी नै विभाजनको अवस्थामा पुगेपछि कता लाग्छन् ? अहिले चासो छ ।

उनले अन्य पूर्व समुहका मन्त्रीहरुले राजीनामा दिदासम्म कुनै राजीनामाको छेउछनक देखाएका छैनन । वरु उल्टै ओलीले संसद विघटन गरेर निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसंगको छलफलमा ओलीसँगै वसेर ओलीलाई साथ दिएको देखिदैछ ।
ओलीको वन्ने पार्टीको उनी सहअध्यक्ष वन्ने चर्चा पनि भईरहेको छ । ओली निकटका गोकुल वास्कोटाले कर्मचारीको भेलामा उनलाई सहअध्यक्ष वनाउने गरी तयारी भएको वताएका पनि थिए ।

तर ओलीको प्रतिगामी कदमको उनी कसरी मितयार वन्लान् ? भन्दै उनलाई हिजोको पूर्व माओवादीहरुले उनको विगत स्मरण गराउँदै वर्तमानको उनको कदमप्रति असन्तुष्टि र आपत्ति जनाईरहेका छन् ।

यही वेला उनको समुहमा रहेका भनिएका पूर्व माओवादी समुहका नेताहरुले उनलाई आफनो कदममा पूर्नविचार गर्न र तत्काल पदवाट राजीनामा दिन आग्रह गदै आईरहेका छन् । उनी निकट केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले त तत्काल राजीनामा दिन आग्रह गदै सामाजिक सन्जालमा स्टाटस नै लेखेका थिए । रामदीप आचार्यले पनि उनलाई राजीनामा दिन भनिरहेका छन् ।

यही बिच उनलाई राजीनामा दिएर मोर्चामा आउन उनी निकटका पूर्व समुहका नेताहरुले सामुहिक रुपमा अहिले आग्रह् गरेका छन् । उनको पूल्चोक स्थित मन्त्री क्वार्टरमा अहिले स्थायी समिति सदस्यहरु देव गुरुङ, पम्फा भुषाल, नेताहरु हितमान शाक्य , लगायतका नेताहरु अहिले वादलसँगको छलफलमा छन् । उनलाई आफनो निर्णयमा पूर्नविचार गरी वैचारिक राजनीतिक मुद्दामा प्रच्ण्ड नेपाल समुहसँग सहकार्य गरेर आउन आग्रह गरिरहेको स्रोतको भनाई छ ।

तर उनले के निर्णय लिन्छन ? त्यो भने हेर्न वाकी छ । उनी निकटका ३४ जना नेकपाको केन्द्रीय समितिमा छन् । तर उनलाई साथ दिने अहिले आफनै समुहका कोही पनि देखिदैनन । उनले यो वेला अव के गर्लान्, ओलीको मतियार वन्लान् या फेरि क्रान्तिकारी मोर्चामा सामेल होलान् ? त्यो भने हेर्न वाकी छ ।


 

प्रतिक्रिया दिनुहोस