प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए आफु निकट सांसद

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ०८ : २२
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए आफु निकट सांसद

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भष्मासुर चाल चालेपछि अबको थप कदमका लागि छलफल गर्न विघटित प्रतिनीधि सभाका आफु निकट सांसदहरुलाई बालुवाटार बोलाएका छन् । उक्त छलफलमा राष्ट्रिय सभाका सांसदलाई पनि आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारीले उनीहरुलाई एसएमएस गरी अहिले बिहान ९ वजे बालुवाटार आउनका लागि निम्तो गरेका हुन् । प्रतिनिधीसभाका बहुमत सांसदले संसद विघटन गैर सम्वैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावना विपरितको स्वेच्छाचारी कदम भएको भन्दै त्यसलाई बदरयोग्य गर्न र संसद पूर्नस्थापनाको माग गर्दै आजै अदालत जाने तयारी गरिरहेका बेला ओलीले आफु निकटका निर्वतमान सांसद र राष्ट्रिय सभाका सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । 

उनले सांसदहरुसँगको छलफल पछि पार्टी एकता भंगको तयारी गर्ने योजना बनाएको बालुवाटार निकट स्रोतले बताएको छ । पार्टी र सरकारभित्र एकाधिकार र सर्वसत्तावादी ढंगले अगाडी बढेको र त्यसलाई नियन्त्रण गरेर पार्टीमुखी र जनतामुखी बनाउन अध्यक्ष प्रच्ण्ड, वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले गरिरहेको प्रयास ओलीलाई पाच्य हुन सकेन् । जसकाकारण उनले आफ्नो कुर्सीका लागि सिंगो ब्यवस्थालाई नै दाउमा लगाउने गरी भष्मासुर बाटो रोजे । 

राष्ट्रपतिको पदको समेत दुरुपयोग गर्दै ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा सिंगो ब्यवस्थामाथी नै जोखिम आउन सक्ने गरी अलोकतान्त्रिक र असम्वैधानिक बाटो पक्डिने काम भयो । यसको बचाउ गर्ने र ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने ठहर गर्दै ओलीले आफु निकट सांसदहरुका अगाडी मुख देखाउन खोजेका छन् ।

तर उनको कदमले जनताको बीचमा अनुहारमा कालोपोतो लागेको छ । ओलीले आफुतिर कति नेता खुल्ने रहेछन भनेर धुव्रिकरण गर्नका लागि पनि बालुवाटारमा सांसदहरु बोलाएका हुन् । प्रचण्ड नेपाल पक्षले पनि आजै दिउँसो वानेश्वरमा सांसदहरुको भेला बोलाएपछि त्यस अगाडी नै ओलीले आफु निकटका सांसदहरुलाई बोलाएका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस