बालुवाटारको नयाँ रणनीति : अध्यक्ष छाड्नै परे बामदेवलाई

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १७ : ०८
बालुवाटारको नयाँ रणनीति : अध्यक्ष छाड्नै परे बामदेवलाई

काठमाडौँ । अचानक आज बिहान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न पटकपटक बालुवाटार पुग्न अध्यक्ष दाहाललाई भेट्न ओली खुमलटार आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रधानमन्त्री ओली खुमलटार पुगेको १५ मिनेटको फरकमा उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । प्रधानमन्त्री ओलीले भेटमा अध्यक्ष प्रचण्डलाई आफूमाथि लगाइएको आरोपपत्र फिर्ता लिन भनेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले यसको हल स्थायी समिति तथा केन्द्रीय समितिको बैठकबाट हुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘पार्टी कमिटीमा गइसकेको हुनाले पार्टीमै छलफल र बहस गरेर हल खोज्नुपर्छ ।’

ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुग्नुभएको सन्दर्भलाई धेरैले राजनीतिक रणनीतिको रूपमा लिएका छन् । पूर्व एमाले र बहुदलीय जनवादको आडमा कित्ताकाट हुने स्थिति नरहेपछि बालुवाटार नयाँ रणनीति बनाउन जुटेको छ । नयाँ रणनीति बनाउन नै प्रधानमन्त्री ओली खुमलटार गएको स्रोतको भनाइ छ । जुनसुकै हत्कन्डा अपनाए पनि असफल हुँदै गएको ओली खुमलदार गएर फेरि एक पटक ‘बामदेव कार्ड’ फालेका छन् । 

स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले जसरी पनि एक पद छोड्नैपर्ने अवस्था आएको खण्डमा बामदेव गौतमलाई अघि सार्ने बताए । स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीलाई जसरी पनि एक पद छोडाउन बाध्य पार्ने रणनीतिमा प्रचण्ड–माधव समूह लागिरहेको  छ ।  

सकैसम्म ओली प्रधानमन्त्री र अध्यक्षमध्ये दुवै पद नछाड्ने अडानमा छन् । अध्यक्ष पदबाट हटाउने अवस्थाको सिर्जना भएको खण्डमा  बामदेवलाई अध्यक्षको प्रस्ताव गर्ने र सचिवालयको गठबन्धनलाई तितरबितर पार्ने योजनामा बालुवाटार रहेको स्रोतको भनाइ छ । बालुवाटार सकेसम्म प्रधानमन्त्री वा अध्यक्ष दुबै पद नछा्ने पक्षमा छ । प्रचण्ड निवासी खुमाटार पुगेर भनेका छन् ओलीले–म दुबै पद नछोड्ने अडानमा छु । 

भेटमा प्रधानमन्त्रीले प्रचण्डको १९ पृष्ठको र आफ्नो ३८ पेजको दुबै राजनीतिक प्रतिवेदन फिर्ता  लिन भनेका छन् ।  खुमलटार स्रोतका अनुसार प्रधानमन्त्रीले दाहालसँग ‘मिलेर जाऔं कमरेड, महाधिवेशनपछिको अध्यक्ष तपाईं नै हो’ समेत भनेका छन् । प्रत्युत्तरमा दाहालले औपचारिक रुपमा पेश भएका प्रतिवेदन र विषयहरु पार्टीको औपचारिक प्रक्रियाबाटै टुंगिने जवाफ दिएका थिए । 

आफू पुगेकै समयमा उपाध्यक्ष वामदेव गौतमलाई समेत प्रधानमन्त्रीले खुमलटारमा बोलाएको सन्दर्भलाई निकै चासो र अर्थपूर्ण मानिएको छ । पहिले बिहान साढे दश बजे भनिएको भेटघाटको लागि प्रधानमन्त्री  एघारको हाराहारीमा मात्र खुमलटार पुगेका थिए ।

हिजो पेरिसडाँडामा भएको १ नं प्रदेशस्तरीय भेलामा अनुपस्थित भएका गौतम आज बालुवाटारको आग्रहमा खुमलटार पुग्नुलाई संयोगको रूपमा मात्र लिन नसकिने बताइएको छ । दुबैको राजनीतिक प्रतिवेदन र पार्टीभित्रको विवाद सचिवालयबाट फुत्केर स्थायी समितिमा पुगेकाले अब ती विषयको छिनोफानो सानो कमिटीतिरभन्दा ठूलो अर्थात् केन्द्रीय समितिमा नै पुगेर निर्णायक बनाउने प्रचण्ड नेपाल पक्षको तयारी छ । 

प्रतिक्रिया दिनुहोस