प्रधानमन्त्री ओलीको मन्त्रीहरूसँग आकस्मिक भेट

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १५ : १५
प्रधानमन्त्री ओलीको मन्त्रीहरूसँग आकस्मिक भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीहरूसँग  भेट गरेका छन्। उनले मन्त्रीहरुलाई किन आकस्मिक भेट गरे भन्ने विषयमा खुलासा भएको छैन ।

खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेर बाहिरिएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भेट गरेका हुन् । उनी मन्त्री क्वार्टर पुल्चोक पुगेर मन्त्रीहरुलाई भेट गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल,  भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस