“तिम्रो मान्छे म” बजारमा आउँदै

विहीबार, ०१ चैत्र २०७४, १९ : २७

चितवन : युवा युवतीहरुको त्रिकोणात्मक प्रेम कथामा आधारित “तिम्रो मान्छे म” को म्युजिक भिडियो बजारमा आएको छ । कृपा डिजिटलको प्रस्तुति रहेको उक्त पप गीतमा युवा पंक्तिमा चर्चामा रहेका गायक अनिल राईले स्वर दिएका छन् । 
चितवनका चर्चित युवा कलाकार आभास रानाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको क्यामरामा पनि राना नै रहेका छन् । रानाले यसअघि ह्वाइट रिक्स, चितवन चक्लेटलगायतका टेलिसिरियलहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । विशाल पौडेलको म्युजिक एरेन्ज रहेको उक्त म्युजिक भिडियोको सम्पादन सुबोध श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोमा कलाकार आकृत, दिव्या र रोहनले अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस