काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन् ।
डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ । नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४, मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८४० छन् । आजै प्रदेशमा ५६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ पुस २०७७, २० : ५४
लेखकबाट थप