सुनको मूल्यमा सामान्य वृद्धि

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, १३ : १९
सुनको मूल्यमा सामान्य वृद्धि

सांकेतिक तस्वीर

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस