मन्त्री यादवद्धारा जनतामाथि शासन गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त

विहीबार, ०१ चैत्र २०७४, १७ : ०८
मन्त्री यादवद्धारा जनतामाथि शासन गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनतामाथि शासन गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादवले ऐशआराम गरेर बस्ने प्रवृति त्याग्न मातहतका कर्मचारीहरुलाई सचेत पनि गराए । अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसर पारेर विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताको सेवा बाहेक वर्तमान सरकारको अर्को कुनै उद्देश्य नरहेको पनि स्पष्ट पारे । उनले जनतालाई आवश्यक सेवा प्रवाह गर्न कर्मचारी प्रशासन अव प्रतिवद्ध हुने विश्वास पनि व्यक्त गरे ।

मन्त्री यादवले उपभोक्ताको हितमा प्रतिवद्ध भएर काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । मन्त्री यादवले सरकारले सुशासनलाई उच्च प्राथमिकता दिने पनि स्मरण गराए । उनले  मुलुकलाई अघि बढाउन नयाँ ढंगले सोच्नुको विकल्प नरहेको पनि बताए ।
 

प्रतिक्रिया दिनुहोस