मन्त्रिपरिषद् बैठक सम्पन्न, अध्यादेश फिर्ता लिन आनाकानी

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १९ : ५६
मन्त्रिपरिषद् बैठक सम्पन्न, अध्यादेश फिर्ता लिन आनाकानी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए ।

उनका अनुसार दैनिक कार्यसंचालनसम्बन्धी केही एजेण्डा तय गरिएको भएपनि अध्यादेश फिर्ताबारे भने एजेण्डा नै नराखिएको हो । यसअघि पनि मंगलबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई थाहै नदिइकन अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस