काठमाडौँ । ९ महिना सम्म बन्द भएको नेपाल भारत हवाई उडान आज (बिहिबार) बाट नियमित शुरु भएको छ । कोभिड १९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि उडान खोलिएको छ ।
नेपाल एयरलाइन्सले आज दिल्लीका लागि पहिलो उडान गर्दैछ । नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले खबरहबलाई जानकारी दिए ।
‘९ महिनामा नेपाल–भारत नियमित उडान हुँदैछ, यात्राका लागि कुनै रोकटोक छैन तर पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उनले भने । यात्रु संख्यामा पनि कुनै सीमा नतोकिएको उनले जनाए ।
नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।
भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ । हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
हवाई उडानमा नयाँ रेकर्ड : त्रिभुवन विमानस्थलबाट एकै दिन साढे पाँच सय उडान
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा