विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, ११ : १३
विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

खोटाङ । खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा विप्लव कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् ।

खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।


गएराति तामाङलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत बन्दोबस्तीमा सामानहरु समेत बरामद भएको चिमौरियाले बताए ।

जंगलमा सेल्टर बनाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस