महासचिव विष्णु पौडेललाई साक्षी राखेर ओली–प्रचण्ड छलफलमा

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १५ : २०
महासचिव विष्णु पौडेललाई साक्षी राखेर ओली–प्रचण्ड छलफलमा

काठमाडौँ । नेकपाभित्रको आन्तरिक विवाद उग्र बनिरहेको समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु् पौडेललाई राखेर छलफल सुरु गरेका छन् । 

स्थायी समिति बैठक प्रभावित बनेपछि अध्यक्षद्वय फेरि छलफलमा जुटेका हुन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न सकेन। सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पुनः छलफलमा जुटेका हुन् ।  

यसअघि  दुई अध्यक्षबीच वान टु वान छलफल भएको थियो । वान टु वान छलफलमा कुनै सहमति नजुटेपछि दोस्रो पटक अध्यक्षद्वय महासचिव पौडेललाई राखेर छलफल थालेका हुन् ।  छलफलमा महासचिव विष्णु पौडेल साक्षी राखेर एउटा सहमति हुनसक्ने स्रोतको भनाइ छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार यतिबेला अध्यक्षद्वयको छलफल चलिरहेको छ । प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद उग्र बनेको हो ।  

प्रतिक्रिया दिनुहोस