संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १२ : ०२
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मंगलवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार  सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिटमा अध्यादेशका प्रावधान र त्यसका आधारमा भएका नियुक्ति बदर गरिदिन माग गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस