उपसभामुखमा एमालेकी तुम्बाहाम्फे र कांग्रेसकी भुसालको उमेद्वारी

विहीबार, ०१ चैत्र २०७४, १४ : ५८
उपसभामुखमा एमालेकी तुम्बाहाम्फे र कांग्रेसकी भुसालको  उमेद्वारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामसुखका लागि एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार काँग्रेसका तर्फबाट भुषालले र एमालेका तर्फबाट तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।
उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

यसअघि सभामुखमा कृष्णबहादुर महरालाई समर्थन गरेको काँग्रेसले पनि उपसभामुख आफूले पाउनु पर्ने बताएको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरमले पनि उपसभामुख आफुले पाउनुपर्ने माग गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन फोरमले तीन मन्त्रालयसहित उपसभामुख पद मागेको थियो ।

यसअघिको एमाले माओवादीसहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेले लिने सम्झौता भएको थियो । माओवादीबाट कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।
एमालेबाट उम्मेदवारी दिएकी तुम्बाहाम्फे समानुपातिक सांसद हुन् ।

यसैवीच संविधानमा सभामुख र उपसभामुख फरक पार्टी र फरक लिङगको हुनुपर्ने व्यवस्था छ । एमाले र माओवादी पार्टी एकीकरण हुने तयारी भएकाले पनि यो पद एमालेले केही महिनापछि अर्को दललाई छोड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस