राष्ट्रपति भण्डारीद्धारा शहीदलाई श्रद्धाञ्जलि

विहीबार, ०१ चैत्र २०७४, १२ : २७
राष्ट्रपति भण्डारीद्धारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस