अन्य विकास सँगसँगै धर्म संस्कृतिको पनि विकास आवश्यक : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १५ : २६
अन्य विकास सँगसँगै धर्म संस्कृतिको पनि विकास आवश्यक : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अन्य विकास सँगसँगै धर्म, संस्कृतिको पनि जगेर्ना र विकास गर्नुपर्ने बताइन् । उनले  लोक कल्याण सेवा प्रतिष्ठानद्वारा देवघाटमा संचालित श्री राम जानकी बालिका आष्रम (कन्या गुरूकुलम्) जगपुजा कार्यक्रममा प्रमुख दाहालले जानकी बालिका आश्रमले बालिकाहरूको सुरक्षा र उनीहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । 

उनले आश्रमले बालिका संरक्षणमा गरेको भूमिकाको उच्च कदर गर्दै ५ कठ्ठा जमिन भोगाधिकाको लागि पेरदान गरेको बताइन् । भरतपुर महानगरपालिकाले बालिका आश्रमको लागि आधुनिक भवनको नक्सा पासमा लाग्ने रकम छूट दिएको छ । २० लाख रूपैयाँ यसै आर्थिक वर्षमा खर्च गर्ने गरी  बजेटको व्यवस्थासमेत गरेको प्रमुख दाहालको भनाइ थियो । 

मंगलवार राम जानकी बालिका आश्रम कन्या गुरूकुलम्को तीन तले भवनको शिलान्यास गर्दै प्रमुख दाहालले यस आश्रमले धर्म संस्कृति विकासका साथै मानब जाति त्यसमा पनि बालिका किशोरीहरूको पठनपाठन र संरक्षणमा अझै लागि पर्ने बताइन् । प्रमुख दाहालले नव निर्मित भवन समयमै गुणस्तरीय ढंगले निर्माण सम्पन्न गर्न निर्देशन दिइन् । मनकारी महानुभवहरूले  सक्दो सहयोग गरेर भवन निर्माणमा सहयोग गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा गुणराज दाहालले सबैको सामुहिक सहयोगले आश्रम व्यवस्थित बन्दै जाने बताउँदै संस्थाले बनाउन लागेको भवन  सहयोग जुटायर बनाउने बताए ।  कार्यक्रममा बालिकाहरूद्वारा स्वस्थी बाचन र गीताको स्वलोकहरू प्रस्तुत भएको थियो । भरतपुर महानगरपालिकाले दिएको ५ कट्ठा जग्गामा ८४ कोठे ३ तले भवन बनाउने लक्ष्य लिइएको छ । 

आश्रमकी अध्यक्ष सावित्री टन्डनले सडकमा बेवारिसे भेटिएका ,घर परिवारबाट हेपिएका बाआमा गुमाएर बेसहारा बनेका बालिकाहरूलाई संरक्षण गर्दै गुरूकुल शिक्षा प्रदान गरिएको बताइन् । उनले भरतपुर महानगरपाल्का प्रमुख रेनु दाहाललाई  विशेष धन्यवाद दिँदै आउँदा दिनमा पनि सहयोगको आशा व्यक्त गर्दै सबै दातालाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रम प्रतिस्ठानका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस