पशुपतिनाथ मन्दिरमा राष्ट्रपतिबाट क्षमा पूजा

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १३ : २२
पशुपतिनाथ मन्दिरमा राष्ट्रपतिबाट क्षमा पूजा

फाइल तस्विर

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज मंगलबार क्षमा पूजा गरिएको छ । 

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गर्नु पर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुगेकी थिइन् । 

प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो । आज क्षमा पूजा गरिएपछि भोलि पुस १ गतेदेखि सर्वसाधारणका लागि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजनहरुलाई प्रवेश गर्ने र बाहिर निस्कने व्यवस्था मिलाइएको छ । 

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ ।