नोबेलका सञ्चालक डा शर्मा पुरस्कृत

विहीबार, ०१ चैत्र २०७४, ०९ : ५४

 


विराटनगर  । स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा सुनिल शर्मालाई बुधबार यहाँ पुरस्कृत गरिएको छ ।

विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर डा शर्मालाई पुरस्कृत गरेको हो । कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले डा शर्मालाई माला र खादा ओढाएर रु नौ हजार ९९९ नगदसहित सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

नोबेल अस्पतालबाट पछिल्लो एक वर्षको अवधिमा ५० हजारभन्दा बढी बिरामीको निःशुल्क उपचार गरेर स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएकाले डा शर्मालाई पुरस्कृत गरिएको न्यू सृष्टि दैनिकका प्रकाशक तथा प्रधानसम्पादक शंकर खरेलले बताउनुभएको छ ।

सम्मानित भएपछि डा शर्माले स्वास्थ्य क्षेत्रमा अझै योगदान पु¥याउनुपर्छ भन्ने भावना र ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । सो अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता डा शेखर कोइराला र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउँदै विकासमा गति दिनका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस