सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, १३ : ४५
सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । 

विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट ¥याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । 

कांग्रेसका शिर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवाले मकवानपुर र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, सहमहामन्त्री सुनिलबहादुर थापाले धनकुटामा सम्बोधन गर्दै छन् । 

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् । आन्दोलनमा ऊर्जा भर्न पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र युवा नेता गगन थापा कैलाली पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस