आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, ०८ : २८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  सोमबार देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । सोमबार दिउँसो प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको हो । यस्तै राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस