लैङ्गिक समानताका लागि व्यावसायिक मामिला

विहीबार, ०१ चैत्र २०७४, ०८ : ४६
लैङ्गिक समानताका लागि व्यावसायिक मामिला

न्यूयोर्क । विश्वभर लैङ्गिक पूर्वाग्रहले नयाँ सिराबाट ध्यान आकर्षित गरिरहेको छ । विरोध ¥याली र सामाजिक मिडियाको व्यापकताको माध्यमबाट हरेक स्थानमा महिलाले सबै यौन उत्पीडन, दुव्र्यवहार र असमानताको अन्त्यको माग गरिरहेका छन् ।

तर सार्वजनिक जागरुकता बढाउनका लागि चालिएका यस्ता अभियानको सफलतासँगै समानताका लागि सङ्घर्ष अभैm धेरै टाढा छ । संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यको हासिल गर्नुपर्ने सबै १७ बुँदामा महिला र किशोरीको सशक्तिकरण महत्वपूर्ण छ । यद्यपि अहिले लैङ्गिक पूर्वाग्रह वैश्विक प्रगतिका लागि एउटा महत्वपूर्ण अवरोध हो र यो कार्यस्थलमा विशेषरूपमा तीव्र छ ।

एउटा गैर मुनाफामुलक सीइओ संस्था क्याटालिस्टका अनुसार अहिले स्टान्डर्ड् एन्ड पुअर्स् (एस एन्ड पी) ५०० कम्पनीमा मात्र पाँच प्रतिशत महिलाले नेतृत्व गरेका छन् । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले गरेको सर्वेक्षणअनुसार ७३ प्रतिशत वैश्विक कम्पनीमा समान अवसरका नीति रहेको कसैले मानिरहेको अवस्थामा क्याटालिस्टको निराशाजनक आँकडा सबैभन्दा उल्लेखनीय छ । यसका अतिरिक्त अनुसन्धानले कम्पनीको लैङ्गिक समानता र उसको वित्तीय स्वास्थ्यको बारेमा स्पष्टरूपमा के देखाएको छ भने विश्वका सबैभन्दा ठूला कम्पनीहरूको सञ्चालक बोर्डमा महिलाहरूले २० प्रतिशतभन्दा कम स्थान ओगटेका छन् ।

यस्ता कमजोरीलाई सम्बोधन गर्नु नैतिक तथा आर्थिक दुवै आवश्यकता हो । म्याककिन्से ग्लोबल इन्स्टिच्यूटको सन् २०१५ को प्रतिवेदनले के उल्लेख गरेको छ भने यदि महिला र पुरुषले श्रम बजारमा समान भूमिका निर्वाह गर्ने हो भने सन् २०२५ सम्ममा विश्व अर्थतन्त्रमा २८ हजार अर्ब डलर थपिनेछ । यी वैश्विक लाभ व्यक्तिगत कम्पनीहरूका लागि अतिरिक्त लाभ हुनेछ । विशाल लैङ्गिक समानतासहितका कम्पनी अधिक नवीन, उदार र लाभदायक हुन् । तर महिला सशक्तिकरणको वर्तमान दरमा लैङ्गिक अन्तरलाई समाप्त गर्नका लागि करिब २२० वर्ष लाग्नसक्छ । विश्वले त्यो लामो समयसम्म प्रतिक्षा गर्नसक्तैन । हामीलाई एउटा नयाँ दृष्टिकोण आवश्यक छ ।

महिला कामदारलाई काममा लगाउन र उनीहरूलाई प्रोत्साहन गर्न चिलीको सान्टियागोमा यसै साता आयोजना हुने फोर्थ ग्लोबल फोरम अन बिजिनेस फर जेन्डर इक्वालिटीमा चार सयभन्दा बढी व्यावसायिक नेता र सरकारी प्रतिनिधिसहित हामी सहभागी हुँदैछौँ । चिली सरकार र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र यूएन वुमेनको साझेदारीमा हुने सो भेलाले निजी क्षेत्रमा लैङ्गिक समानताको महत्वबारे प्रकाश पार्नेछ ।

एउटा समाधान यूएनडीपीको सहयोगमा सञ्चालित जेन्डर इक्वालिटी सील कार्यक्रम पनि सम्मेलनको एजेन्डामा हुनेछ । जेन्डर इक्वालिटी सील एउटा त्यस्तो अनौठो पहल हो जसले महिला र पुरुषबीचको तलब अन्तरलाई समाप्त गर्ने, निर्णय प्रक्रियामा महिलाको सङ्ख्यालाई बढाउने र कार्यस्थलमा यौन दुव्र्यवहार अन्त्य गर्न काम गर्ने कम्पनीलाई प्रमाणित गर्दछ ।

अहिले यूएनडीपीले प्रमाणित गरेका यस्ता कम्पनी अधिक सन्तुलित वैश्विक श्रमशक्तिको निर्माणमा अग्रणी छन् । उदाहरणका लागि चिलीको सरकारी तामाखानी कम्पनी कोडेल्कोले महिला कर्मचारीको ¥याङ्क बढाइरहेको छ र प्रक्रियामा उत्पादकत्व बढाइरहेको छ । त्यस्तै कोस्टारिकाको बान्को नेसनलले दर्जनौँ महिलालाई व्यवस्थापकीय भूमिकामा पदोन्नति गरेको छ ।

सो बैङ्क अहिले महिला उद्यमीहरूको लागि वित्तीय लगानी गर्ने अग्रणी क्षेत्रीय प्रदायक पनि हो । त्यस्तै क्यानडामा स्कोटिया बैङ्कले उद्योगको सबैभन्दा राम्रो लैङ्गिक सन्तुलित कम्पनीमध्ये एक बन्न महिला संरक्षण कार्यक्रमको प्रयोग गरेको छ । यो साता थुप्रै कम्पनीले आफ्नो आशय सङ्केत गरेर लैङ्गिक समानताको प्रमाणका लागि प्रयास गर्नेछन् भन्ने हाम्रो अपेक्षा हो ।

छलफलका लागि अर्को पहल भनेको महिला सशक्तिकरणको सिद्धान्त पनि हो । यो सिद्धान्त यूएन वुमेन र यूएन ग्लोबल कम्प्याक्टले विकास गरेको एउटा अपरेटिङ सेट हो जुन लैङ्गिक समानताको व्यवसायको मामिलामा एउटा प्रतीक पनि हो । एक हजार सातसयभन्दा बढी प्रमुख कार्यकारीहरूले यो सिद्धान्तलाई अनुमोदन गरेका छन् भने ६१ मुलुकका करिब तीन सय कम्पनीले कार्यस्थलमा व्यवस्थापकलाई सो सिद्धान्त लागु गर्न सहयोग पु¥याउन सिद्धान्तको स्वतन्त्र लैङ्गिक अन्तर विश्लेषण संयन्त्रको प्रयोग गरेका छन् ।

सुनिश्चित गर्नका लागि विश्वव्यापी बैठकहरू, प्रमाणिकरण प्रणाली र निःशुल्क सफ्टवेयर समाधानका हिस्सामात्र हुन् । महिलाहरू अहिले पनि असामान्य घरेलु बोझमा छन् । सामाजिक र साँस्कृतिक मूल्यले ग्रस्त दबावका कारण उनीहरू स्कुल जान, व्यवसाय सुरु गर्न र सार्वजनिक जीवनमा हिस्सा लिन बिरलै पाउँछन् । यसका अतिरिक्त घरभन्दा बाहिर नोकरी प्राप्त गर्ने महिला लैङ्गिक ज्याला अन्तरको गलत दिशामा छन् जुन औसत २३ प्रतिशत छ । यसले समानता अवसरको मात्र विषय होइन भन्ने देखाउँछ ।

व्यवसाय, समुदाय र परिवारहरूले यो क्षेत्रलाई समान बनाउन सगैँ मिलेर काम गर्नुपर्छ । सौभाग्यवश कुनै पनि व्यवसायमा केही पनि गर्ने लागत अत्यन्त धेरै छैन । साथै अर्थतन्त्र सम्पूर्णरूपमा सहनसक्ने अवस्थामा छ । यही कारणले काममा लैङ्गिक पूर्वाग्रहलाई निमिट्यान्न पार्न सम्भव छ भन्ने दिशामा हामी आशावादी छौँ । जब कम्पनीले उनीहरूको व्यावसायिक रणनीतिमा महिला सशक्तिकरणलाई केन्द्रमा राख्छन्, महिला र पुरुष कसैलाई पनि पछाडि नपारी विकास र समानतालाई पारस्परिकरूपमा बलियो बनाउन सकिन्छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस