अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

विहीबार, ०१ चैत्र २०७४, ०८ : २६
अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

 

 

सान डियागो, संयुक्तराज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।

अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उहाँले स्पष्ट गर्नुभएको छ ।

सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले यो प्रस्ताव गर्नुभएको बताइएको छ ।

उहाँले भन्नुभयो– अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिनजस्तै ।

हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ– उहाँले भन्नुभयो । उहाँले अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताउनुभयो ।

अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ उहाँले भन्नुभयो । राष्ट्रपति ट्रम्पले जमिन, हावाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्नेछ भन्नुभयो ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भन्नुभयो– मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकासगर्ने कुरा गर्दैछु । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस