२०औँ भदौरे पञ्चासे महोत्सव पुसको पहिलो हप्ता

आइतबार, १० मंसिर २०७४, १३ : ०२
२०औँ भदौरे पञ्चासे महोत्सव पुसको पहिलो हप्ता

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको भदौरेमा पुस ४ देखि ९ गतेसम्म २०औँ भदौरे पञ्चासे महोत्सव गरिने भएको छ ।

भदौरे पञ्चासे युवा क्लबको आयोजनामा हुने सो महोत्सवमा खुल्ला पुरुष फुटबल तथा भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य, भदौरे आइडल, सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारद्वारा दोहोरी गीत प्रतियोगिता, हास्य प्रहसन, स्थानीय ब्याण्डको प्रस्तुतिका साथमा स्थानीय आमा समूहको प्रस्तुति रहने क्लबका कोषाध्यक्ष एवं महोत्सवका संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

फुटबल तथा भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५० हजार, दोस्रो हुनेलाई नगद रु ३० हजार राखिएको छ । महोत्सवका अन्य प्रतियोगिताका विजयी टोलीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । ६ दिनसम्म पर्यटकीय स्थान भदौरेमा हुने महोत्सव सफल बनाउनका लागि भदौरे पञ्चासे युवा क्लबका कोषाध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा ३०१ सदस्यीय मूल र विभिन्न उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस