काठमाडौं । जाडोमा शरीरमा सुक्खापन हुने, शरीरमा श्वासप्रश्वास प्रणालीका कोषिकाहरू कम सक्रिय रहँदा कोरोना श्वासप्रश्वासमा कोरोना लामो समयसम्म रहने हुन्छ । जाडोमा अन्य समयभन्दा प्रतिरोधी शक्ति कम हुने, कम घाम लाग्ने, सामुहिक बसाई, हिटर ताप्ने, भिटामिन डी को कमीले पनि जाडोमा कोरोना संक्रमण हुनसक्ने संभावना बढेर जान्छ । यसले शारीरिक तथा प्रतिरोधात्मक शक्तिमा कमी ल्याउँछ ।
गत वर्ष पनि चीनमा जाडोयाममा नै सुरु भएर विश्वभर फैलिएको थियो । जाडो बढ्दै गर्दा र हाल युरोपमा चिसो भएकाले सवैभन्दा चिसो भएको रसियामा संक्रमण दैनिक तीव्रगतिमा बढ्दै छ र त्यसअनुसार मृत्युको ग्राफ उचो लागिरहेको छ । मृत्युवद्धक किन स् बढी समयसम्म बाच्ने सक्रिय रहने भाइरल लोड बढी हुने। नाक,मुख र घा“टीका कोषीकाहरू सुक्खा रहने भएकाले भाईरस फैलिनसक्ने।
चिसोमा देखिने फ्लु, निमोनिया, समस्या, ब्याक्टेरियल संक्रमणले कोभिडमा थप जटिलता, झयालढोका बन्द गरी गुम्सीएर बस्ने, समुहमा हिटर, आगो ताप्ने, गफिने, रोग प्रतिरोधात्मक क्षमतामा कमीले कोरोना जटिल र मृत्युवद्र्धक बन्नसक्छ ।
त्यसैपनि बालवालिका, वृद्धवृद्धा, प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगी बिशेषत मुटु र दम रोगीलाई चिसोले सताउने भएकाले त्यसैमा कोभिड संक्रमण भए खतरनाक हुन सक्छ । चिसो बढ्ने र पानी नपर्ने तथा हावा नचल्ने भएपछि वायुप्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलन सक्छ ।
नेपाल तथा उत्तर भारतमा दोस्रो तथा युरोपमा तेस्रो लहर स् चिसोमा आरएनए भाइरस वृद्धि हुन सक्ने भएकाले नियमितरूपमा सही तरिकाले मास्क लगाउने, सामाजिक दूरी र हातको सरसफाईमा थप ध्यान दिन जरुरी छ ।नेपालमा कोरोनाको पहिलो लहर जहा पीसीआर परीक्षण,संक्रमण घट्दो र मृत्यु बढ्दो नसकिदै डिसेम्वर देखी फेब्रुअरीसम्म दोस्रो लहरमा संक्रमण बढ्नसक्ने देखिन्छ । बिश्व स्वास्थ्य संगठनले यसै साता चेतावनी जारी गर्दे दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले साबधान रहन भनेको छ ।संक्रमणको संख्या एक सातामै आठ, अगामी सात दिनमा ४०, तेस्रो साता ३ सय र चौथो साता हजार गुणाले बढछ अर्थात् फैलिन सक्छ ।
वायुप्रदूषणले थप जोखिम : जाडोयाम विशेषत मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढ्ने र पानी नपर्ने तथा हावा नचल्ने भएकाले वायुप्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलन सक्छ । हिउँदमा बर्षायाममा भन्दा वायुप्रदूषण ४ देखी ५ गुणा बढी हुन्छ,जस्मा बिहान ८ देखी १० बजेसम्म बढी हुन्छ । त्यसैमा काठमाडौं उपत्यका कचौरा आकारको भएकाले धुलाका कण तल्लो तहमा तैरिन्छन् ।
मुटु, छाती र श्वासप्रश्वासजस्ता दीर्घरोगीहरूलाई घरबाहिर निस्किएका व्यक्तिसँग टा“सिएर जाने धुलोका कणले जाडायाममा भाइरसको लोड बढी हुने भएकाले छिट्टै संक्रमणको सम्भावना झनै बढाउनसक्छ । प्रदूषणले प्रतिरोधात्मक क्षमता घटाउने र फोक्सामा कण गई क्षमतामा असर पार्ने भएकाले कोभिडको बढी जटिलता हुन सक्छ । प्रदूषण र कोरोनाको दोहोरो आक्रमणमा परेपछि फोक्सोमा गम्भीर समस्या हुने नै भयो ।
अमेरिकाको हावर्ड विश्वविद्यालय र जर्मनीका बैज्ञानिकहरूले अमेरिका र चीनमा ४ महिनाअघि गरेको अध्ययनमा वायुप्रदूषण बढी भएका स्थानहरूमा कोभिड–१९ संक्रमण बढी देखिएको थियो । कोभिड–१९ बाट मृत्यु भएकामा १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण रहेका ठम्याइ छ । मेडिकल जर्नल लेनसेटको रिर्पोटमा वायुप्रदूषणको स्तर बढ्नाले कोभिड–१९ को केसहरू १३ प्रतिशतसम्म बढ्न सक्छ ।
भारतको आईसीएमआरका अनुसार पनि लामोसमयसम्म प्रदूषणको प्रभावमा रहदा कोभिडले मृत्यु हुने जोखिम समेत बढ्ने सम्भावना रहन्छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको खोजले वायु प्रदूषणले कोभिडका बिरामीलाई गम्भीर असर पार्ने तथा अमेरिकाको हार्भड बिश्वविद्यालयको एक खोजमा वायुका अत्यन्त सूक्ष्मकणहरू अर्थात् पीएम २।५ १ माइक्रोग्रामले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ ।
मौसमी रुघाखोकी र कोरोना : मौसम परिवर्तन हुने बेलामा जस्तै जाडोयामबाट गर्मी र गर्मीयामबाट जाडोयाम सुरु हुद“ा स्वास्थ्यमा ख्याल गरिएन भने रुघाखोकी लगायतका समस्याहरू हरेक बर्ष देखिन्छन ।तर यस बर्ष कोरोना महामारीका कारण मौसमी रुघाखोकीलाई पनि सामान्य मान्ने अवस्था छैन, कोभिड–१९ हो कि भनेर सोच्नैपर्छ ।सामान्य रुघाखोकी,फ्लु र कोरोना बारेमा जानकारी र निको हुने समय तथा जटिलताका फरकका बारेमा ज्ञान लिनैपर्छ । स्वाद र गन्ध थाहा नपाउने या परिवर्तन कोभिड–१९ मा मात्र देखापर्छ भने फलुका लक्षणहरू देखिन १ देखि ४ दिनमै तथा कोभिडको ५ देखी १४ दिन लाग्छ । फ्लुका बिरामीलाई पहिलो हप्तामै गाह्रो हुन्छ भने कोभिडमा दोस्रो हप्तापछि । फ्लुका बिरामीले ३ देखि ७ दिनसम्म रोग सार्न सक्छन् भने कोभिड–१९ ले कम्तीमा १० दिनसम्म । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ मंसिर २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
पछिल्लो ४ हप्तामा विश्वभर ५२ प्रतिशतले बढ्यो कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या