काँग्रेसकी नेतृ कौसर शाह नेकपा प्रवेश गर्दै

नियुक्तिको लोभमा शाह नेकपा प्रवेश गर्न लागेको कांग्रेस नेताको आरोप

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १३ : ३९
काँग्रेसकी नेतृ कौसर शाह नेकपा प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा तत्कालीन संविधानसभाका सदस्य कौसर शाह सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालले शनिबार दिउँसो २ बजे शाह नेकपा प्रवेश गर्न लागि जानकारी दिएको छ ।  

प्रचण्डको सचिवालयका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शाहलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । यता काँग्रेसका मुस्लिम नेताहरुले संवैधानिक आयोगमा नियुक्तिको लोभमा शाहको नेकपा प्रवेश गर्न लागेकी आरोप लगाएका छन्।

संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा शाह नेकपा प्रवेश गर्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस