कसको निम्तोमा काठमाडौं आए भाजपा नेता विजय चौथाइवा ?

गोरखपुरबाट भैरहवा हुदै बिहिबार काठमाडौं आएर प्रधानमन्त्री र अर्थमन्त्रीसँग एकैसाथ बालुवाटारमा भेटवार्ता गरेका चौथाइवा आजै भारत फर्कने तयारीमा छन्

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, ०९ : ४८
कसको निम्तोमा काठमाडौं आए भाजपा नेता विजय चौथाइवा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारतसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहान्छन् ? कुनै जमाना भारतीय गुप्तचरका अधिकारीसँग विशेष सम्बन्ध बनाएका प्रधानमन्त्री केपी ओलीको नाकाबन्दीका वेला भारतसँगको सम्बन्ध चिसिएको थियो । त्यसबेला ओलीको भूमिका सही पनि थियो । उनलाई देशभित्रकै अन्य सहयात्री दलहरु तत्कालिन माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड लगायतका कतिपय नेताहरुको साथ पनि थियो । सोही कारण उनले नेपाली जनताको दरिलो आड र भरोसा पनि पाएका थिए ।

ओलीले त्यही नाकावन्दीका वेलाको नेपाली अडानलाई आफनो राष्ट्रवादी अडानका रुपमा चित्रित गरेर अहिलेसम्म राजनीति गरिरहेका छन् । तर ओलीको भित्री ब्यवहार र बाहिरी ब्यवहारमा आकास जमिनको अन्तर छ । त्यो केही समययता पटाक्षेप पनि भईरहेको छ । कालापानी लिम्पियाधुरा सम्मको नेपाली भूमिलाई भारतले उसको राजनीतिक तथा प्रशासनिक नक्सामा सार्वजनिक गर्यो । कालापानी क्षेत्रमा उसले नेपाली पक्षसँग कुनै सम्वाद नै नगरी एकतर्फी सडक मार्ग खोल्ने काम गर्यो । यो नेपालको भूमिमाथीको भारतीय हेपाहा प्रवृति थियो ।

विदेशका कुनै पार्टीका विदेश विभाग प्रमुख काठमाडौं आउदा पार्टीलाई जानकारी गराउनु पर्ने र विदेश विभागका प्रमुखसँग पनि भेटघाटको वातावरण बनाउनु पर्ने हो । तर ओलीले यस तर्फ कुनै चासो देखाएका छैनन् । भित्री रुपमा भारतीय नेताहरुसँग अपारदर्शी साँठगाँठ बनाउने काममा ओली लागेका छन् ।

अतिक्रमण थियो । तर, त्यसमा ओलीले मात्रै अडानमा रहेर नेपालले त्यसको प्रतिवाद गरेको होइन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णय पछि बाध्य भएर ओलीले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्न तयार भएका थिए । यो नेपालको संविधानको अनुसूचिमा पनि समावेश भईसकेको छ । तर ओलीले यसलाई आफ्नो मात्रै एकल अडानका कारण सम्भव भएको जसरी प्रचार गरे । पार्टीभित्र एकलौटी काम गर्दै आएका ओलीको पार्टीभित्रै विवाद भएपछि उनले त्यही विषयलाई राष्ट्रवादीको जामा पहिर्याउदै आउने काम गरे ।

सडकमा आफ्नै पार्टी नेताका विरुद्ध गुटका कार्यकर्ता उतार्ने काम गरे । बाहिर उनले आफुलाई राष्ट्रवादी चित्रित गर्न खोजे पनि भित्री ब्यवहार उनको त्यस्तो देखिएन । उनी पछिल्लो समय भारतीय पक्षसँग भित्री खुसामतमा अलिक बढी नै केन्द्रीत हुन थालेका छन् । आफु निकट ब्यापारी मार्फत भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्तकुमार गोयललाई आफ्नै रुचीमा काठमाडौं बोलाई बालुवाटारमा रातो कार्पेटमा स्वागत गर्ने काम ओलीले गरे । राजनीतिक तहमा सम्वाद गरेर कुटनीतिक तरिकाबाटै दुई देश बीच देखा परेको सीमा विवाद समाधान गर्नुको साटो उनले फेरि भारतीय खुफिया एजेन्सीमै निर्भर हुने गरी सम्बन्ध विस्तार अभियान थाले ।

उनले गोयललाई आफ्नै रुचीमा काठमाडौं बोलाएर सम्वाद गरेर पठाएपछि भएको चर्काे विरोधमा उनले पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा गोयल नेपाल आएको बताए । जबकी भारतीय पक्षले गोयल प्रधानमन्त्री मोदीको दूतका रुपमा नेपाल आएर प्रधानमन्त्रीलाई भेट गरेको अहिलेसम्म बताएको छैन् । गोयल पछि ओलीले सीमा विवादका विषयमा विवादास्पद अभिब्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेलाई स्वागत गर्ने काम गरे । त्यसपछि परराष्ट्रसचिव हर्षवद्र्दत श्रृंखलाको नेपाल भ्रमण भयो । अहिले ओलीले फेरि आफ्नै रुचीमा अर्थमन्त्री विष्णु पौडेललाई निम्तो पठाउन लगाएर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाई काठमाडौं बोलाएर भेटघाट गरेका छन् ।

उनी भारतीय प्रधानमन्त्री मोदीका अति निकट नेताका रुपमा चिनिन्छिन् । उनलाई मोदीसँगको सम्वन्ध सुधारका लागि निम्तो पठाई भेटघाट गरेको खुल्न आएको छ । उनी हिजै गोरखपुर भैरहवा हुदै काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसकेका छन् । तर उनको यो भेटघाटका बारेमा पार्टीको विदेश विभागलाई कुनै अत्तोपत्तो छैन । विदेशका कुनै पार्टीका विदेश विभाग प्रमुख काठमाडौं आउदा पार्टीलाई जानकारी गराउनु पर्ने र विदेश विभागका प्रमुखसँग पनि भेटघाटको वातावरण बनाउनु पर्ने हो । तर ओलीले यस तर्फ कुनै चासो देखाएका छैनन् । भित्री रुपमा भारतीय नेताहरुसँग अपारदर्शी साँठगाँठ बनाउने काममा ओली लागेका छन् ।

त्यही क्रममा अहिले चौथाइवाको नेपाल भ्रमण भएको बुझ्न सकिने राजनीतिक वृत्तमा चर्चा छ । उनी आजै भारत फर्किदैछन् । यसै महिनाको अन्तिममा केही दिनभित्रै अब नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भारत भ्रमणमा जादैछन् ।  पछिल्लो समय ओलीले दुवै छिमेकी मुलुकसँग समदुरीको सम्बन्ध कायम गर्नुपर्नेमा भारतसँग भने बढी नै लहसिन थालेका छन् । ओलीले भारतीय गुप्तचर निकाय, सेना देखि भाजपाका नेताहरुसँग बढाएको हिमचिम संस्थागत भन्दा पनि ब्यक्तिगत तहमा बढी झुकाव राख्ने गरी बढाईरहेका छन् । यसले पनि उनको नक्कली राष्ट्रवादको मुकुन्डो बिस्तारै खुल्दै जान थालेको परिचर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस