एआईजीको दरबन्दी नथप्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १६ : २२
एआईजीको दरबन्दी नथप्न  राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

 काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी नथप्न निर्देशन दिएको छ । बुधबार यसबारे समितिमा छलफल भएको थियो भने आवश्यक छलफलपछि समितिले थप गर्ने निर्णयमा स्पष्ट कारण नदेखिएकाले यस्तो निर्देशन दिएको हो । 

योसँगै यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि भएको सिफारिस पनि अलमलमा पर्ने देखिएको छ ।गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।

विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले यस्तो निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठको भनाइ छ । समितिका सभापति श्रेष्ठले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ओएण्डएम गरेर मात्र एआईजी बढुवा गर्नुपर्ने बताइन् । 

समितिमा सहभागि भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्रिपरिषद‍्मा ५ जना डीआईजीको दरबन्दी थप्ने प्रस्ताव लगेपनि एआईजीको भने नलगिएको बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस