मुस्ताङमा चार सय सोलार बत्ती जडान

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १३ : ५६
मुस्ताङमा चार सय सोलार बत्ती जडान

मुस्ताङ । गण्डकी प्रदेशलाई दुई बर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्यअनुरुप मुस्ताङमा चार सय सोलार बत्ती जडान गरिएको छ ।

सोमबार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले एक कार्यक्रमबीच सोलार बत्तीको उद्घाटन गरेका हुन्।

प्रदेश सरकारको ७५ प्रतिशत र स्थानीयको २५ प्रतिशत लगानीमा सोलार जडान गरिएको हो । 

मुस्ताङको बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिकाको ५ नम्बर वडाको साङ्ता, लोमन्थाङ्ग गापाको १,२,३,४ वडाको छोसेर, अर्का, सम्जुङ, भर्चा, न्यानोल, ढुक, ठिगर फुवा, नाम्ग्याल किम्लिङ, न्याम्डो, चुङचुङ र लो–घेकर दामोदरकुण्ड गापाको ५ नम्बर स्थित ताङ्गया र ध्येमा गरि ४ सय सोलार बत्ति जडान गरिएको मन्त्री बस्नेतले बताए ।

उनका अनुसार मन्त्रालयबाट विनियोजित भएको ६८ लाख ६१ हजार लागतमा सोलार जडान गरिएको हो । 
गण्डकी प्रदेशलाई दुई बर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्यअनुरुप राष्ट्रिय प्रशारण लाइन नपुगेको ठाउँमा सोलार बत्ती जडान कार्य गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस