भरतपुर महानगरको गौरव आयोजना : सी बीच मोडलमा विकसित हुँदैछ नारायणी किनार

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १३ : २६
भरतपुर महानगरको गौरव आयोजना : सी बीच मोडलमा विकसित हुँदैछ नारायणी किनार

चितवन । भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकास लहर ल्याउने क्रममा महानगरकै गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडी ल्याएको छ । 

देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार
नदी किनारलाई ‘सी बीच’ मोडलमा विकास गर्न लागेको मेयर रेनु दाहालले जानकारी दिईन् । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भनिन् हामी एकपछि अर्को गदै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।

दाहालले यस मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने विश्वास व्यक्त गरिन् । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि  (बुधबार) टेण्डर आब्हान समेत गराएको छ ।  झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आब्हान गरिएको छ ।

जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङ बनाईनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो ।

गतबर्ष महानगरपालिकाले करिब १ करोडको लागतमा नदि किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम समेत चलिरहेको छ ।

पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर वोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस