प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्रीबीच भेटवार्ता

बुधबार, ३० फागुन २०७४, १५ : २६
प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्रीबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुःखद भनेका छन् । मन्त्री कमालले नेपाल सरकारले  वमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए ।

नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी दिए ।  प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभूति प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी समेत दिएका छन् ।  आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताए ।

प्रतिक्रिया दिनुहोस