चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतियार मध्ये १४९ थानको नवीकरण नभएको जनाएको छ । यहाँ व्यक्ति र संस्था गरेर १७३ जनाले १९९ वटा हतियार अनुमति लिएर राखेका थिए । तीमध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नवीकरण गरेको कार्यालयका खरिदार रुपेश ज्ञावलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये एउटाको ठाउँसारी र तीन वटाको लागत कट्टा गरिएको छ । लगत कट्टा गरिएका हतियार नेपाल सरकारले लिइसकेको छ । स्थानीय प्रशासनले पटक–पटक हतियार नवीकरणका लागि आह्वान गरेको भए पनि नवीकरणका लागि आउनेको सङ्ख्या कम रहेको कार्यालयले जनाएको छ ।
ज्ञवालीका अनुसार १६ बोरको एक नाले एक थान, १२ बोरको दुई नाले ११ थान, १२ बोरको एक नाले २४ थान, २२ बोरको राइफल छ थान, २२ बोरको दुईनाले राइफल दुई थान, हावादारी बन्दुक एक थान र टोटावाला मिनेचर टूटू एक थान मात्र नवीकरण भएका छन् । अन्य हतियार पाँच वर्षदेखि १५ वर्षसम्म नवीकरण नभएको पाइएको छ । हतियार खरखजना तेस्रो संशोधन नियमावली २०४५ अनुसार पाँच वर्षभन्दा बढी नवीकरण नगरिएका हतियार राज्यलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
भट्टराईले हतियारको नवीकरणको अवस्थाको बारेमा अध्यावधिक गर्ने काम भइरहेको जानकारी दिनुभयो । केही दिनमा पुनः सूचना जारी गरी तोकिएको समयमा नवीकरण नगर्ने हतियार जफत गरिने बताउनुभयो । हाल कार्यालयले हतियार राख्न नयाँ अनुमति दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २३ मंसिर २०७७, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार