जग्गाको कित्ताकाटमा सर्वोच्चले रोक लगायो

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १७ : ३६
जग्गाको कित्ताकाटमा सर्वोच्चले रोक लगायो

काठमाडौं । जग्गाको कित्ताकाटलाई सर्वोच्चले रोक लगाएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको हो । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले जग्गाको कित्ताकाटको निर्णयलाई बदर गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा कित्ताकाट फुकुवा गरेकी थिइन् । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । 

जग्गा कित्ताकाटको निर्णय फुकुवा जग्गाको खण्‍डीकरण रोकी चक्लाबन्दी गर्न प्रोत्साहित गर्ने भूउपयोग ऐन २०७६ विपरीत रहेको रिट निवेदनमा दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस