संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १३ : ०३
संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम

file photo

काठमाडौँ । संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो । 

२०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन । 

दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तित्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताए । उनले अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पु¥याउने विश्वास व्यक्त गरे ।  

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवायले बताएको छ  । संघीय संसद अन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् । संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस