सुनको मुल्य तोलामा १५०० बृद्धि

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १२ : १५
सुनको मुल्य तोलामा १५०० बृद्धि

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको हो । सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस