सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुने

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, १२ : ११
सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुने

काठमाडौँ । सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई सार्वजनिक हुने भएको छ । नापी विभागले सोमबार पत्रकार सम्मेलन गरी मंगलबार नयाँ उचाईबारे जानकारी दिने बताएको हो । 

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले  बताए ।

सो परिणाम नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस