धुर्मुस–सुन्तलीले निर्माण गरेको क्रिकेट मैदानमा गौतमबुद्ध कप हुने

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १४ : २३
धुर्मुस–सुन्तलीले निर्माण गरेको क्रिकेट मैदानमा गौतमबुद्ध कप हुने

चितवन । बागमती प्रदेश क्रिकेट संघले धुर्मुस–सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट मैदानमा गौतमबुद्ध कप गर्ने भएको छ । फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको छ । मंसिर २७ गतेदेखि खेल हुने भएको हो। 

आयोजकका अनुसार कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता संचालन गरिनेछ। राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ।

यस्तै राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू१९ का प्रतिभाशाली खेलाडीहरु थप गरिने आयोजकको भनाइ छ। राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ।

प्रतिक्रिया दिनुहोस