विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

बुधबार, ३० फागुन २०७४, ११ : २८
विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

भौतिक शास्त्री वैज्ञानिक स्टीफन हकिङ्गको ७६ बर्षको उमेरमा निधन भएको छ । उनको निधन भएको खबर पारिवारीक स्रोतलाई उदृत गर्दे अन्तराष्ट्रिय संचार माध्यमहरुले सम्प्रेषण् गरेका छन् ।

स्टेफेन हकिङ विश्वमै प्रख्यात फिजिसिस्ट र लेखक समेत हुन् । ब्ल्याक होल्सका बारेमा अध्ययन गरेका उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लेखेका हुन् ।

उनको शारीरिक अवस्था एकदम कजमोर भएपनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको थियो । उनी राम्रोसँग बोल्न पनि सक्दैनथे । उनको आवाज बुझ्नलाई एउटा डिभाइसको प्रयोग गरिएको थियो । उक्त डिभाइसका कारण उनको आवाज बुझ्ने र अध्ययन गर्ने काम गरिएको थियो ।

उनलाई अल्बर्ट आइनस्टाइन अवार्ड, अल्बर्ट मेडल तथा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम मेडलबाट सम्मान गरिएको छ । अशक्त भएर पनि यतिको सफलता पाउने व्यक्तिमा उनी पहिलो स्थानमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस