काठमाडौँ र चितवनमा एकसाथ राजतन्त्रको पक्षमा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १४ : ४७
काठमाडौँ र चितवनमा एकसाथ राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौं । राजावादीहरुको समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।  काठमाडौँ, चितवनलगायतका जिल्लाहरुमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको हो । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा, चितवनको केन्द्रीय बसपार्क, चौबिसकोठीलगायतका ठाउँमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरिएको थियो । चितवनमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको जुलुस निकालेका छन् । प्रदर्शनमा ‘गणतन्त्र मुर्दावाद’, हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश, राजा चाहियो चाहियो, हाम्रो राजा हाम्रो देशलगायतका नारा लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस