दोस्रो तहका नेताहरुले गराए ओली–प्रचण्डबीच भेटघाट

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १३ : ३१
दोस्रो तहका नेताहरुले गराए ओली–प्रचण्डबीच भेटघाट

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ। सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच भेट भएको स्रोतको भनाइ छ । 

दुई अध्यक्षबीच कात्तिक २५ यता ‘वान टु वान’ छलफल भएको थिएन, तर दुवै पक्षका दोस्रो तहका नेताहरूले अध्यक्षद्वयको भेटघाट गराएका हुन् । दुबै अध्यक्षबीच समझदारी खोज्ने गरी कुराकानी भइरहेको स्रोतको भनाइ छ ।  

शनिबार बिहान स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निवास खुमलटार पुगेका थिए। शुक्रबार प्रचण्डनिकट स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो कुराकानी भएको थियो। शुक्रबार नै कृषि मन्त्री घनश्याम भुसाल र उर्जामन्त्री पुनबीच पनि कुराकानी भएको थियो।

शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग भेटघाट गरेका थिए। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस