आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, ०८ : ५७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहने  जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अरु क्षेत्रको मौसम सामान्यतय सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानमा आंशिक बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । त्यसको केही प्रभाव नेपालमा पनि रहेको छ । यस्तै राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ । 

प्रतिक्रिया दिनुहोस