श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गर्दैछिन् श्वेता खड्का

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, ०८ : २६
श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गर्दैछिन् श्वेता खड्का

काठमाडौं । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् ।

पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् । ‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु ।’ श्वेताले केही समय अगाडी भनेकी थिइन् ।

श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भैसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह हुने भएको छ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो । राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस