उपयुक्त बिकल्प बिना बाँदरझुला स्तान्तरण हुदैन ,बस्ती हटाउन खोजीए कारबाही गर्छु–प्रचण्ड

शनिबार, ०९ मंसिर २०७४, २२ : २१
उपयुक्त बिकल्प बिना बाँदरझुला स्तान्तरण हुदैन ,बस्ती हटाउन खोजीए कारबाही गर्छु–प्रचण्ड

माडी । बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको ग्यारेण्टी नभएसम्म बस्ती स्थान्तरण नहुने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । चुनाव सभालाई सम्बोधन गर्न आईतबार बिहान माडी नगरपालिका ९ बाँदरझुला पुग्नु भएका प्रचण्डले यस अघि आफु प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन सुरु गरेको भएपनि आफुले सो कामलाई ठाडो निर्देशनमा रोकेको जानकारी दिनुभयो । यहाँबाट मलाई फोन गयो । हात्ती लगाएर घर भत्काईदै छ भनेर । निकुञ्जबाट निर्णय भएपछि घर भत्काउन ,बाली नष्ट गर्न लागिएको थियो । तर आफुले त्यसो गर्न नदिएको बताउनुभयो । उहाँले कम्तीमा ५ कठ्ठाका दरले जग्गा , शिक्षा ,स्वास्थ्य तथा रोजगारीको ग्यारेण्टी नभएसम्म बस्ती स्थान्तरण नहुने उल्लेख गर्नुभयो । ७ धुरका दरले जग्गा दिएर यहाँबाट स्थान्तरण गर्न खोजिएको भन्दै अध्यक्ष प्रचण्डले त्यो तपाईहरुको लागि प्रयाप्त छैन । कम्तीमा पनि ५ कठ्ठा त चाहिन्छ ।

उपयुक्त विकल्प नभएसम्म कसैले पनि तपाईहरुलाई दमन गर्न खोज्छ भने त्यो सहन नसकिन्ने बताउनुभयो । कसैले नसोचे हुन्छ , अब १ डेढ महिनामा बामपन्थी सरकार आउछ त्यस पछि सुकुम्बासी समस्याको समधान गर्न पहिले क्याटिनेट बैठकबाट पास गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुर्व प्रधानमन्त्री प्रचण्डले आफु् प्रधानमन्त्री भएका बेला स्थान्तरणको काम रोकेको उल्लेख गर्दै कसैले मैले गरेको हो भन्यो भन्दैमा त्यसको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले स्वीकृत नगरेसम्म कुनै पनि निर्णय नहुने भएकाले त्यस्तो भ्रमको पछि नपर्न अनुरोध समेत गर्नुभयो ।

कागले कान लग्यो भन्दैमा कागको पछाडी दैडने की आफनो कान समात्ने भनी प्रश्न गर्नुभयो । जङगलको बिच भागमा बस्ती रहेकाले बन्यजन्तु ,बढी, शिक्षा ,स्वास्थ्य लगाएतको समस्या रहेकाले उपयुक्त विकल्प पाए बस्तीलाई स्थान्तरण गर्दा राम्रो हुने उहाको भनाई थियो । त्यसतै  भर्खरै राप्रपाबाट माओवादी प्रवेश गरेका माओवादी नेता बद्री तिमलसिनाले एमाले माओवादी एउटै पाटी हुन्छ तर कांग्रेस र राप्रपा चाहि चुनावसम्म मात्र तालमेल गरेका हुन् । बाँदरझुलाबासीलाई तिमलसिनाले राप्रपाको स्वतन्त्र सांसद हैसियत हुन्छ भएकाले अहिले रोएको जस्तो पछि पनि रुनु पर्ने बताउनुभयो । त्यसैलेभोली प्रधानमन्त्री बन्ने व्यक्तिलाई भोट दिने कि स्वतन्त्रको हैसियतमा रहनेलाई भोट हाल्ने समयमै विचार पुरयाउनु होस् ,विवेक प्रयोग गर्नुहोस् । निकास दिन सक्ने नेता चिन्नुहोस् ,केहि पैसाको प्रलोभनमा परेर त्यस्तो गरे गम्भिर गल्ती हुने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस