साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन सक्दैन : मन्त्री नेम्बाङ्ग

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १८ : ४३
साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन सक्दैन : मन्त्री नेम्बाङ्ग

फाइल तस्विर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङ्गले ठूला र महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तिमा आठ वर्ष पछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरुलाई निर्देशन दिए । भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुन र खर्चको अपेक्षा गरिनु पनि स्वभावित भएको बताए ।

समिक्षा बैठकमा आयोजना प्रमुखहरुले स्थानीय स्तरमा प्रभावित क्षेत्रका जनता र उपभोक्तालाई समितिहरुले विभिन्न मागहरु राखि काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुुकुल वातावारण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस