काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि नकेपाको सचिवालय बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भनेपनि उनी निकटका नेताहरुले प्रधानमन्त्री ओली सहभागी हुने बताएका छन् । बालुवाटार स्र्रोतका अनुसार प्रधानमन्त्री ओली बैठक सुरु भए पनि केही ढिला बैठकमा सहभागी हुने भएका छन् ।
यस्तो बैठकको औचित्य छैन भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि सहभागी हुने बताएका हुन् । बैठक तोकिएको समयभन्दा एक घन्टा ढिला भएको छ ।
बैठकमा ओली र प्रचण्ड दुबै पक्षको प्रस्तावमाथि छलफल हुने बताइएको छ । बैठक सुरु अघि प्रचण्ड र माधवपक्षका नेताहरुको छलफल खुमलटारमा भएको थियो भने ओली पक्षका नेताहरुको बालुवाटारमा छलफल भएको थियो । दुबै छलफल गुटगतका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्’ : प्रधानमन्त्री ओली
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण