काठमाडौँ प्रशासनले लगायो सभा, जुलुस र प्रदर्शन गर्न रोक

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १४ : ४५
काठमाडौँ प्रशासनले लगायो सभा, जुलुस र प्रदर्शन गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन गर्नमा रोक लगाएको छ।  काठमाडौं प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी सभा, जुलुस गरेको खण्डमा कारबाही गर्ने जनाएको छ । 

सभा, जुलुस, प्रदर्शन गरेको खण्डमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ । 
काठमाडौंमा मानिसको भीडभाड अत्यधिक भएपछि कोरोना संक्रमण हुनेक्रम बढिरहेको छ । 

पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन हुन थालेपछि काठमाडौँ प्रशासनले कडाइ गरेको हो । प्रशासनले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न गर गराउनू सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस