ट्रम्पद्वारा विदेशमन्त्री टिलर्सन बर्खास्त

मंगलबार, २९ फागुन २०७४, १९ : ५०
ट्रम्पद्वारा विदेशमन्त्री टिलर्सन बर्खास्त

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट बर्खास्त गरेका छन् । उनको ठाउँमा सीआईएका डाइरेक्टर माइक पोम्पियोलाई नियुक्त गरेका छन् ।
बीबीसीले भर्खरै जनाएअनुसार राष्ट्रपति ट्रम्पले टिलर्सनलाई उनको कामको लागि धन्यवाद दिँदै नयाँ विदेशमन्त्रीले गजबको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
पूर्वविदेशमन्त्री टिलर्सन एक्जन मोविलका प्रमुख थिए । एक वर्षअघि ट्रम्पले उनलाई विदेशमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति ट्रम्पले सीआईएको डाइरेक्टरमा पहिलोपल्ट एक महिला गिना हास्पेललाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस