सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने हिमालयन बैंकको प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १८ : १२
सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने हिमालयन बैंकको प्रस्ताव

काठमाडौं । सेयरधनीहरुलाई हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । बैंकको प्रस्तावमा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने कुरा उल्लेख छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सो लाभांश वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २२ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद समावेश थियो ।

प्रतिक्रिया दिनुहोस