काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १६ : ४४
काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  महिला ३६१ र पुरुष ४४८ गरी ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७९५९ र ललितपुरमा १३७७४ संक्रमित पुगेका छन् । त्यसमध्ये हाल काठमाडौंमा ७२७०, भक्तपुरमा ६४१ र ललितपुरमा १४५२ सक्रिय संक्रमित रहेका छन् । 

यस्तै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।  हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । 

अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।