होम आइसोलेसनमा एक बृद्धको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, ११ : ०८
होम आइसोलेसनमा एक बृद्धको मृत्यु

विराटनगर । कोरोना संक्रमित भएर होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाका अनुसार महानगरपालिका वडा नं ९ मा ७८ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो।

उनलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराउँदा शनिबार पोजिटिभ रिपोर्ट आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि उनलाई उनलाई होम आइसोलेशनमै राखिएको थियो । 

आइतबार बिहान उनलाई स्वास्थ्यमा समस्या आएपछि परिवारले अस्पताल लैजाने तयारी गर्दैगर्दा करिब ८ बजे उनको मृत्यु भएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस